नागरिक वडापत्र

 नेपाल सरकार

  अर्थ मन्त्रालय

महालेखा नियन्त्रक कार्यालय

कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय

नागरिक वडापत्र (Citizen Charter)

सि.नं

कार्यालयको कामको विवरण

संलग्न गर्नु पर्ने कागजात/ प्रकृया

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार शाखा

गुनासो  सुन्ने आधिकारी

1.  

  

1.1 सरकारी बाँकी रकमको लगत कस्ने वा फिर्ता पठाउने ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम 90 को उपनियम (1), (3) र () बमोजिमको प्रकृया पुरागरेको कागजात सहित सोही नियमावलीको नियम ११२ बमोजिम सम्बन्धित मन्त्रालय/सचिवालय/आयोगको लेखाउत्तरदायी अधिकृत स्तरीय निर्णय सहित अनुसूची १५ प्रमाणित गरी सम्बन्धित निकायबाट भए गरेको काम कारबाहीको कागजात सहितको सक्कल फाइल प्राप्त भए पछी ।

७ दिन

नलाग्ने

लगत शाखा

कार्यालय प्रमुख

1.2 सरकारी बाँकीको लगत कायम गरेको सम्बन्धित व्यक्ति वा संस्थालाई जानकारी दिने

लिखित पत्र मार्फत

लगत कसेको 3 दिन

नलाग्ने

लगत शाखा

कार्यालय प्रमुख

2.  

2.1 सरकारी बाँकी रकम तिर्न बुझाउन सम्बन्धित लगतवालालाई पत्राचार गर्ने ।

सरकारी बाँकी रकम तिर्न बुझाउन सम्बन्धित लगतवालालाई 35 दिनको म्याद सहितको पत्राचार गर्ने र सो म्याद भित्र थप म्याद माग गरेमा थप १ महिना थप गरिदिन सक्ने ।

लगत कसेको 3 दिन

नलाग्ने

लगत शाखा

कार्यालय प्रमुख

2.2 सरकारी बाँकी लगतवालाले सरकारी निकायबाट भुक्तानी पाउने रकमबाट कट्टा गरी गराई असुल गर्ने ।

सबै सार्वजनिक निकायहरुलाइ सरकारी बाँकी रहेका लगतवालाले भुक्तानी पाउने रकमबाट सरकारी बाँकी रकम कट्टा गरी धरौटी खातामा जम्मा गर्न लगाउने ।

35 दिने म्याद र म्याद थप गरेको भए सो म्याद सकिएको

नलाग्ने

लगत शाखा

कार्यालय प्रमुख

2.3 बैक वा वित्तिय संस्थामा रहेको सरकारी बाँकी लगतवालाको खाताबाट कट्टा गरी असुल गर्ने गराउने ।

नेपाल राष्ट्र बैक मार्फत सरकारी बाँकी रहेका लगतवालाको कुनै पनि  बैंक वा वित्तिय संस्थामा रहेको खातामा मौज्दात रहेको रकमबाट सरकारी बाँकी रकम कट्टा गरी धरौटी खातामा जम्मा गर्न लगाउने ।

35 दिने म्याद र म्याद थप गरेको भए सो म्याद सकिएको पछि

नलाग्ने

लगत शाखा

कार्यालय प्रमुख

2.4 सरकारी बाँकीवालाको जायजेथा खोजतलास गरी लिलाम गरी सरकारी बाँकी असुल उपर गर्ने ।

भुमि व्यवस्था तथा अभिलेख विभाग मार्फत सबै मालपोत कार्यालयहरुलाइ सरकारी बाँकी लगतवालाको जायजेथा खोजतलास गरी फेला परेमा रोक्का गर्न लगाइ लिलामको प्रकृया अगाडी बढाउने ।

सार्वजनिक निकाय र बैक तथा वित्तिय संस्थामा रकम फेला नपरे

नलाग्ने

लगत शाखा

कार्यालय प्रमुख

3.  

 

3.1 सरकारी बाँकीको लगत कट्टा गर्ने ।

धरौटी खातामा वा राजस्व खातामा रकम जम्मा गरेको सक्कल बैंक भौचर सहितको निवेदन प्राप्त भए पश्चात

3 दिन

नलाग्ने

लगत शाखा

कार्यालय प्रमुख

3.2 रोक्का राखेको धितो तथा बैक खाता फुकुवा गर्ने ।

सरकारी बाँकीको लगत कट्टाको निर्णय र सम्बन्धित व्यक्ति/फर्म/संस्थाको निवेदन ।

3 दिन

नलाग्ने

लगत शाखा

कार्यालय प्रमुख

4.  

आ.ब. २०५९/०६० सम्मको बेरुजुको लगत कट्टा गर्ने

लेखा उत्तरदायी अधिकृत वा अधिकार प्राप्त निकायको प्रमुखले फर्छ्यौट गरेको प्रमाण र तोकिएको ढाँचा अनुसारको कागजात प्राप्त भए पश्चात

 7 दिन

नलाग्ने

बेरुजु शाखा

कार्यालय प्रमुख

5.  

5.1 बेरुजु फर्छ्यौट समितिमा पेश हुने फाइल दर्ता गर्ने

बेरुजु फर्स्यौटको सिफारिस  र सम्बोधन गर्ने प्रमाण सहितको सक्कल फाइल

सोहि दिन

नलाग्ने

बेरुजु शाखा

कार्यालय प्रमुख

5.2 बेरुजु फर्स्यौट भएको वा हुन नसकेको जानकारी दिने ।

समितिमा पेश भई समितिको निर्णयानुसार

3 दिन

नलाग्ने

बेरुजु शाखा

कार्यालय प्रमुख

6.  

बार्षिक रुपमा जीवित देवी कुमारीको पुजा गर्ने

----------------------------------

भाद्र शुल्क पक्षमा

नलाग्ने

प्रशासन शाखा

कार्यालय प्रमुख

1.        धरौटी खाताका सम्बन्धमा नेपाल राष्ट्र बैकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बबरमहलको धरौटी खाता नं.1201200-001-002-524 मा यस कार्यालयको कार्यालय कोड 305013503 उल्लेख गरी रकम जम्मा गर्नु पर्दछ ।

 

2.          राजस्व खाताको सम्बन्धमा राष्ट्रिय बाणिज्य बैंकमा रहेको राजस्व खाता न. 1000100200010000, राजस्व शिर्षक नं. 15111, बेरुजुमा यस कार्यालयको कोड नं. 305013503 उल्लेख गरी रकम जम्मा गर्नु पर्दछ । 

 

सम्पर्कः- कार्यालयको वेवसाईटः www.kumarichowk.gov.np ईमेलः info@kumarichowk.gov.np टेलिफोन नं. ०१-५३29337, ५३४०७४९